f t y
September 14, 2026
Pashupatinath Logo
Government of Nepal

Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

PASHUPATI AREA DEVELOPMENT TRUST

Spiritual  |  Devotional  |  Cultural Heritage

Flag of Nepal
Welcome to Pashupati Area Development Trust, Devotees are kindly requested to follow temple guidelines and timings for a peaceful darshan experience — Official Website
Welcome

Latest Posts

Heritage

Latest Posts

Tradition

Latest Posts

हरितालिका तीज पर्व २०८३ दर्शन मार्ग

13 September 2026
by
1 min read

हरितालिका तीज पर्व २०८३ का अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउनुहुने सम्पूर्ण भक्तजनहरूको सहज, सुरक्षित र व्यवस्थित दर्शनका लागि दर्शन मार्ग सम्बन्धी जानकारी प्रस्तुत गरिएको छ।

दर्शन मार्ग:-

१. मित्रपार्क, उमाकुण्ड तर्फबाट पाल्नु हुने दर्शनार्थी भक्तजनहरूका लागिः

उमाकुण्ड, दक्षिणामूर्ति, कैलाश, बद्रिनसिंहको भवन हुँदै वासुकीनाथको उत्तर तर्फको ढोकाबाट श्रीपशुपतिनाथ मन्दिरको उत्तर तर्फको र्याम्पबाट भगवानको दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रवन्ध मिलाईएको छ।

२. गौशाला–जयबागेश्वरी तर्फबाट पाल्नु हुने दर्शनार्थी भक्तजनहरूका लागि:-

जयबागेश्वरीबाट देब्रतर्फको मार्ग–दथुःटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार, महास्नान घर अगाडिको १ नं. गेट अगाडी राखिएको अस्थायी आकासे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शंकराचार्यमठ अगाडीको आकाशे पुल हुँदै प्रहरी पहरा गणको सानो ढोका हुँदै जाने २ लाइन पशुपतिनाथको पश्चिम तर्फ रहेको काठको र्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रवन्ध मिलाईएको छ।

३. सिनामंगल एअरपोर्ट तर्फबाट पाल्नुहुने दर्शनार्थी भक्तजनहरूका लागि:-

तीलगंगा पर्यटन काउण्टर सँगै रहेको गेट, राम मन्दिर, बागमती किनारा हुँदै आर्यघाटको पुल हुँदै ब्रह्मनाल–पूर्व ढोकामा राखिएको र्याम्पबाट पूर्व मुहारको दर्शन गराई सोही ढोकाबाट फर्कने प्रवन्ध मिलाईएको छ।

४. पिङ्गलास्थान तर्फबाट पाल्नुहुने दर्शनार्थी भक्तजनहरूको लागिः

पिङ्गलास्थानमा रहेको ढोका हुँदै चार शिवालय–पञ्चदेवल–वृद्धाश्रम–दक्षिण तर्फको ठूलो ढोका अगाडी अस्थायी आकाशेपुल हुँदै सानो ढोकाबाट चौसट्ठि कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन पश्चात उन्मत्त भैरव मन्दिरको पश्चिम तर्फबाट मूल भट्ट निवास अगाडिबाट फर्कने प्रवन्ध मिलाईएको छ।

५. उपरोक्त अनुसारको दर्शन व्यवस्था मिलाउँदा मन्दिर बाहिर ५ वटा लाइन रहने छन् भने मन्दिर परिसर प्रवेश गरिसकेपछि ८ वटा लाइनमा विभाजन भई उत्तर बाट ३ लाईन पुर्वबाट २ लाईन दक्षिणबाट १ लाईन र पश्चिमबाट २ लाईन गरी एक पटकमा ८ जना भक्तजनहरूले दर्शन गर्न सक्नेगरी छिटो दर्शन गराउने व्यवस्था मिलाइएको छ ।

🙏 व्यवस्थित रूपमा तोकिएको दर्शन मार्गको प्रयोग गरी दर्शन गर्नुहुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौँ।

ॐ नमः शिवाय। हर हर महादेव! 🕉️🔱

Padt User

Scroll to Top