f t y
July 17, 2026
Pashupatinath Logo
Government of Nepal

Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

PASHUPATI AREA DEVELOPMENT TRUST

Spiritual  |  Devotional  |  Cultural Heritage

Flag of Nepal
Welcome to Pashupati Area Development Trust, Devotees are kindly requested to follow temple guidelines and timings for a peaceful darshan experience — Official Website
Welcome

Latest Posts

Heritage

Latest Posts

Tradition

Latest Posts

श्रावण महिनाको पावन आरम्भसँगै सम्पूर्ण श्रद्धालु भक्तजनमा हार्दिक मंगलमय शुभकामना।

17 July 2026
by
1 min read

श्रावण महिनाको पावन आरम्भसँगै सम्पूर्ण श्रद्धालु भक्तजनमा हार्दिक मंगलमय शुभकामना।

भगवान् श्री पशुपतिनाथप्रति विशेष आस्था र भक्तिभाव प्रकट गर्ने पवित्र महिनाका रूपमा श्रावणको विशेष महत्व रहेको छ। यस महिनामा विशेषगरी प्रत्येक सोमबार भगवान् शिवको पूजा–आराधना, जलाभिषेक, रुद्राभिषेक तथा व्रत–उपवास गर्ने परम्परा रहिआएको छ।

विश्वसम्पदा सूचीमा सूचीकृत आराध्यदेव श्री पशुपतिनाथ मन्दिरमा श्रावण महिनाभर देश तथा विदेशबाट लाखौँ भक्तजन दर्शन, पूजा र आराधनाका लागि उपस्थित हुने गर्दछन्। श्रद्धा, भक्ति, शान्ति र आध्यात्मिक ऊर्जाको अनुपम केन्द्रका रूपमा श्री पशुपतिनाथ क्षेत्रले सम्पूर्ण भक्तजनलाई दिव्य अनुभूतिको अवसर प्रदान गर्दछ।

यस पावन अवसरमा भगवान् श्री पशुपतिनाथको कृपा सम्पूर्ण भक्तजनमा रहिरहोस्। सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र कल्याणको कामना गर्दछौँ।

ॐ नमः शिवाय।

जय श्री पशुपतिनाथ

Padt User

Scroll to Top