सम्पूर्ण तीर्थयात्री तथा भक्तजनहरुलाई जानकारी एवं अनुरोध

दानपात्रमा मात्र दान, दक्षिणा खसाल्ने
श्रीपशुपतिनाथ मन्दिर प्राड्डणमा राखिएका दानपात्र र हुण्डीमा मात्र दान–दक्षिणा रकम खसाली दिनुहुन ।
दान–दक्षिणा, भेटी रकम पुजारी वा अन्य कुनै व्यक्ति वा पक्षलाइ हातमा नदिइ भेटी पात्रमा खसाली सहयोग गरिदिनु हुन
विशेष पूजा
भगवान श्रीपशुपतिनाथमा विशेष पूजा गर्न गराउन चाहने भक्तजनहरुले मन्दिरको पश्चिमी द्वारमा रहेको कोषको कार्यालयमा आफूले गराउन चाहेको विशेष पूजाको रसिद काटेर मात्र पूजामा सहभागी भइ दिनुहुन ।
भगवानमा समर्पण गर्ने गर–गहना,वस्त्र आदि सम्वन्धमा
श्रीपशुपतिनाथको मन्दिर तथा मन्दिर प्रागंणभित्र रहोको अन्य मठमन्दिरमा सुन, चांदी जस्ता बहुमुल्य धातुले वनेको सामान वा भांडाकुडा वा बस्त्र लगायत अन्य जिन्सि सामान समर्पण गर्न चाहेमा कोषको पश्चिमी द्वारमा रहेको कार्यालयमा दर्ता गरी रसिद लिएर मात्र चढाउनु हुन अनुरोध छ ।
नित्य पूजामा सहभागी हुन
भक्तजनहरुले नित्य पूजामा सहभागी हुन चाहेमा कोषको पश्चिमी द्वारमा रहेको कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।
भक्तजनहरुले पूजा सामाग्री खरिद गर्दा ध्यान पु–याउनु पर्ने
पुजा सामाग्री पशुपति क्षेत्रमा रहेका पसलहरुबाट खरिद गर्दा शुद्वता भए नभएको हेरी कोषबाट अनुमति लिएको छ, छैन सो हेरी खरिद गरिदिनु हुन अनुरोध छ ।
सुरक्षा जांच
श्रीपशुपतिनाथ मन्दिर तथा मन्दिर प्रागंणमा चढाउने र चढाइएका नगद, जिन्सि,फलफूल पूजा सामाग्री आदी सवै सुरक्षाका जांच प्रणालीबाट जचाएर लैजानु हुन ।
मन्दिर र मन्दिर प्रागंणमा निषेध गरिएका सामानहरु सुरक्षा जांच स्थल नजिकै भण्डारण (locker) गर्ने व्यवस्था समेत गरिएको छ । त्यस्ता सामाग्रीहरुको सम्वन्धमा सुरक्षा जांचहुने हुदा सुरक्षा जांच कार्यमा शान्तपूर्वक पालैपालोसंग उपस्थित भइ सहयोग पु–याइदिनु हुन ।
सहयोग गरिदिनु हुन
माथि उल्लेखित व्यवस्थाद्वारा भेटीघाटी, दान, दक्षिणा, विशेष पूजा, सुरक्षा जांच पालन गर्नु पर्ने आचरणहरु, निषेध गरिएका सामाग्रीहरु आदी सवै कुराहरुमा अनुरोध गरिए बमोजिम गर्नु गराउनु भइ सहयोग उपलब्ध गराइदिन सम्वधित सबै श्रद्धालु भक्तजनहरुमा हार्दिक अपिल गरिन्छ ।
प्राथमिकता दिनु हुन
दृष्टिविहिन, अशक्त अपाङ्ग, वृद्धवृद्धाका लागि दर्शनमा प्राथमिकता दिइ अग्रिम दर्शन गर्न यथोचित सहयोग गरिदिनु हुन ।

पशुपति क्षेत्र विकास कोष