August 07, 2020, Friday
  • देवपत्तन, काठमाडौं, नेपाल
  • +९७७-१-४४७१८२८ / ४४७०३४० / ४४६४६९८
  • +९७७-१-४४७२९६२
  • info@pashupati.org.np
छठ

छठ

छठ पर्व नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाईने पर्व हो । यो पर्वमा षष्ठीका भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालमा विशेषरुपले तराई (मधेस) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइने यस पर्वमा पञ्चमीका दिनदेखि व्रत बस्ने, महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खिर पकाई प्रसादको रुपमा आफुले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई पूजासहित जलाशयमा अघ्र्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई  पुनः अघ्र्य दिई पर्व विसर्जन गरिन्छ । यस पर्वमा मुस्लिम समुदायका व्यक्ति पनि सहभागी हुने गर्दछन् । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।